Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य गिरावट, जानकार भन्छन्-‘ट्रेडर हावी हुँदा करेक्सन आयो’

नेप्से

आइतबार, ०५ भदौ २०७९, १५ : १२ मा प्रकाशित

नेप्सेमा सामान्य गिरावट, जानकार भन्छन्-‘ट्रेडर हावी हुँदा करेक्सन आयो’

आज साताको पहिलो दिन(आईतबार) नेप्सेमा सामान्य गिरावट देखिएको छ । बिहिबार २७.७२ अंकले बढेको नेप्सेमा आज ट्रेडर हावि हुँदा सामान्य करेक्सन देखिएको जानकारहरु बताउछन् । गत साता नेप्से बढेको थियो गत साता सेयर किनेका ट्रेडरहरुले आज प्रोफिट बुकिङ गर्दा आज बजारमा सामान्य करेक्सन आएको उनिहरुको तर्क छ । 

आज (आईतबारं) नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा पुगेको छ । नेप्से ०.३७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.४९ अंकले घटेर ३ सय ९८.५८ को बिन्दुमा पुगेको छ । आज कारोबार रकममा समेत सामान्य गिरावट आएको छ । 

कूल २१८ वटा कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक घटेको छ भने बाँकि ४ वटा समूहको उपसूचक बढेको छ । 


त्यसैगरी, आईतबार रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड २८ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढि बृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३१५.८० रुपैयाँ पुगेको छ । 


यस दिन रिभर फल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.१९ प्रतिशतले घटेर २९२ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको