Like us!
Follow us!
Connect us!
Watch us!

अब घरबाटै आइपिओ भर्न पाइने, राष्ट्रिय वाणिज्य बैंकको अनलाइन आस्वा सेवा सुरु

बुधबार, २५ साउन २०७४, १२ : २२ मा प्रकाशित

अब घरबाटै आइपिओ भर्न पाइने,  राष्ट्रिय वाणिज्य बैंकको अनलाइन आस्वा सेवा सुरु

अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही साउन २७ गतेदेखि अनलाइन आस्वा सेवा सुरु गर्ने भएको छ ।  बैंकको ६८ जिल्लामा रहेका १ सय ७९ वटै शाखा कार्यालयहरुबाट यो सेवा निशुल्क रुपमा लिन सकिने बताइएको छ ।

अब प्राथमिक सेयर निष्काशन हुंदा ग्राहकले घरमै बसेर सेयर भर्न पाउनेछन् । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सम्बन्धित निक्षेप सदस्यता  मार्फत मेरो सेयरको यूजर प्राप्त गरेका ग्राहकले बैंकमा उपस्थित नभईकन पनि सहज रुपमा अनलाइन सी–आस्बा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डहरुमा आवेदन दिन सक्ने भएका हुन् ।

आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदा यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला लगानीकर्ताहरुबाट सेयर खरिद गर्न चाहेमा अनलाइन वा दरखास्त फारम संकलन गरी फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखी धितोपत्र बाँडफाँड भएपश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववत रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गरिने छ ।

हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र बजारको सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १ सय ७९ वटा शाखा कार्यालयबाट यो सेवा लिन सकिने हुँदा दुरदराजमा रहेका लगानीकर्ताहरुले पनि पुँजी बजारको लाभ लिन सक्नेछन् ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको