Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको साधारणसभा आज, ३१ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

सोमबार, ०६ भदौ २०७९, ०६ : ५३ मा प्रकाशित

नागरिक लगानी कोषको साधारणसभा आज, ३१ प्रतिशत लाभांश पारित हुँदै

नागरिक लगानी कोषको २७ औँ वार्षिक साधारण सभा आज भदौ ६ गते कम्पनीको केन्द्रिय कार्यलय नयाँबानेश्वर काठमांडौमा दिउँसोको ३ बजेबाट सुरु हुनेछ ।

सभाले कोषको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने प्रस्तावहरू पारित गरिनेछ ।  

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि श्रावण २५ गते, बुधबार बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले श्रावण २४ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको