Like us!
Follow us!
Connect us!
Watch us!

नबिल सहित तीन बैंक माथि कारबाहीको तयारीमा राष्ट्र बैंक !

अर्थ संसार

सोमबार, ०६ भदौ २०७९, ०७ : १० मा प्रकाशित

नबिल सहित तीन बैंक माथि कारबाहीको तयारीमा राष्ट्र बैंक !

नबिल बैंक सहितका ३ वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात(सिडि रेसियो) ९० प्रतिशत नाघेको छ । मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार सिडि रेसियो ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्नसक्ने व्यबस्था छ ।

साउन मसान्त सम्ममा नबिल बैंक, नेपाल बैंक र सेन्चुरी कमर्सियल बैंकको सिडि रेसियो ९० नाघेको छ । नेपाल बैंकर्स संघका अनुसार साउन मसान्तसम्ममा सेन्चुरी बैंकको सिडि रेसियो ९१.६३ प्रतिशत, नबिल बैंकको ९०.९२ प्रतिशतर नेपाल बैंकको ९०.७२ प्रतिशत रहेको छ । तर समग्र वाणिज्य बैंकहरुको सिडि रेसियो भने उक्त अवधिमा ८८.०७ प्रतिशत मात्र रहेको छ ।

त्यसै गरी सानिमा बैंक, प्रभु बैंक तथा नेपाल एसबिआई बैंकको सिडि रेसियो भने ८५ प्रतिशत भन्दा पनि कम छ । संघका अनुसार प्रभु बैंकको सिडि रेसियो ८२.८८ प्रतिशत, नेपाल एसबिआई बैंकको ८४.६४ प्रतिशत र सानिमा बैंकको ८४.८० प्रतिशत सिडि रेसियो कायम रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको