Like us!
Follow us!
Connect us!
Watch us!

स्वाइनफ्लुको संक्रमण बढ्यो, हालसम्म १० को मृत्यु

बुधबार, २५ साउन २०७४, १५ : ३२ मा प्रकाशित

स्वाइनफ्लुको  संक्रमण बढ्यो, हालसम्म १० को मृत्यु

अर्थ संसार, काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।

उहाँले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताउनुभयो ।

मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गर्नुभयो ।

बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले विधेयक तयार गर्दा कार्यपालिकाले हस्तक्षेप नगर्न आग्रह गर्नुभयो ।

उहाँले संसद्को प्रक्रिया र मर्यादालाई पालन गर्नेतर्फ संसद्ले बोल्नुपर्ने धारणा राख्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रीले आगामी दिनमा संसद्को मर्यादा राख्न सभामुखबाट रुलिङ हुनुपर्छ भन्नुभयो । सभामुख ओनसरी घर्तीले साउन २२ गतेको बैठकमा सो विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको