बैंक अफ काठमांडौले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ हजार २ सय २८ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य १ सय ८५ रूपैयाँ तोकिएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।
बैंकले प्रकाशन गरेको सूचनाः
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस