Like us!
Follow us!
Connect us!
Watch us!

त्रिवि सामाजिक कार्य विभागकाे आयोजनामा तीजकाे महत्वसम्बन्धी अन्तरक्रिया

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १४ : ५७ मा प्रकाशित

त्रिवि सामाजिक कार्य विभागकाे आयोजनामा  तीजकाे महत्वसम्बन्धी अन्तरक्रिया

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य विभागकाे आयोजनामा आज (भदाै ८ गते, बुधबार) हरितालीका तीज र यसकाे महत्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवंम् वरिष्ठ संस्कृतविद् डा.जगमान गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा नेपालीहरूकाे माैलिक कला, संस्कृती र परम्पराका विषयमा चर्चा गरिएकाे थियाे । 

वरिष्ठ संस्कृतविद् गुरुङले तीज किन मनाइन्छ, यसकाे सुरूवात कसरी भयाे, नेपाली संस्कृतीमा यसकाे महत्व के छ भन्ने कुराहरूकाे बारेमा स्पष्ट पारेका थिए । नेपालका परम्परागत संस्कृतीका बारेमा प्रकाश पार्दै उनले अन्तरक्रियामा सहभागी विद्यार्थीहरूकाे जिज्ञासा पनि मेटाएका थिए । 

यसका साथै, कार्यक्रममा बाेल्दै सामाजिक कार्य विभागका प्रमुख लक्ष्मण सुवेदीले किताबमा नपाइने अमुल्य ज्ञान कार्यक्रमबाट प्राप्त भएकाे भन्दै वरिष्ठ संस्कृतविद् गुरुङसहित उपस्थित सम्पूर्णमा हार्दिक आभार प्रकट गरेका थिए । विभाग प्रमुख सुवेदीले सामाजिक कार्य विषय आफैँ समाज, कला र संस्कृतीसँग जोडिएको हुनाले यस्ता प्रकारका कार्यक्रमबाट कला र संस्कृतीबारे बुझ्न झनै सहज हुने बताएका थिए ।

कार्यक्रममा विभागकाे तर्फबाट विभागीय प्रमुख सुवेदी र फ्याकल्टी मेम्बर टीका बहादुर ठकुरीले प्रमुख अतिथि गुरुङलाई मायाकाे चिनाे प्रदान गरेका थिए । 

औपचारीक ढङ्गमा सम्पन्न भएको उक्त कार्यक्रमको अन्त्यमा आउँदै गरेको हरितालिका तीजको शुभकामना आदान प्रदान गरी पाकेट दर कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा विभागमा आवद्ध अध्यापकहरू, कार्यरत कर्मचारीहरू एवंम अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो । 

6305f740e8303.jpg 6305f74dd1590.JPG 6305f757dbb4b.jpg 6305f761b519f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको