Like us!
Follow us!
Connect us!
Watch us!

आइए एक्स्पर्टहरूसँग ‘आर्टिफिसियल इन्टेलिजेन्स डिस्कसन’ सम्पन्न

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १४ : ४७ मा प्रकाशित

आइए एक्स्पर्टहरूसँग ‘आर्टिफिसियल इन्टेलिजेन्स डिस्कसन’ सम्पन्न

आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजित प्यानल डिस्कसन सम्पन्न भएको छ । कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विषयमा विधागत विज्ञसँग  छलफल भएको थियो ।

उक्त कार्यक्रममा प्यानलिस्टको रूपमा एनएएएमआइ संगठनका निर्देशक बिजेस खनाल, मेसिन लर्निङ इन्जिनियर श्रवण ठाकुर, एआइ र जबस्निपरका सह–संस्थापक उज्वल कोइराला, डाटा साइन्स विज्ञ आयुष अधिकारी थिए भने माेडरेटरकाे रूपमा अनुप घिमिरे रहेको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

उनका अनुसार, कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरूले सहभागीता जनाएका थिए । साथै प्यानलिस्ट र विद्यार्थीहरू बिच एआइ विषय पढनुका फाइदा, यसको भविष्य, विद्यार्थीले पाउने अवसर, समाजले लिन सक्ने लाभ, साइबर सेक्युरिटीमा यसको भूमिका लगायतका विविध विषयमा जानकारी मुलक छलफल भएको उनी बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको