Like us!
Follow us!
Connect us!
Watch us!

सफ्टवेरिकाको करियर काउन्सिलिङ र 'क्याप्चर द फ्लाग' कार्यक्रम

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १२ : १० मा प्रकाशित

सफ्टवेरिकाको करियर काउन्सिलिङ र 'क्याप्चर द फ्लाग' कार्यक्रम

सफ्टवेरिका कलेज अफ आइटी एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड साइबर सेक्युरिटी' तथा 'क्याप्चर द फ्लाग' कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रमको पहिलो सेसनमा प्यानलिस्टका रूपमा कुमारी बैंकका एयमयल म्यानेजर किरण कुमार, नबिल बैंकका आइएसओ प्रवेश पाैडेल, ई-सेवाका हेड अफ एसओसी अस्लम अली, सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजका इथिकल ह्याकिङ हेड अफ द डिपार्टका मनोज तामाङ र सिआइएसएका सेक्युरिटी इन्जिनियर थ्रेड सुयास नेपाल रहेका थिए ।

कलेजका प्रमुख प्रमोद पौडेलले टेक्नोलोजीको क्षेत्रमा सफ्टवेरिका कलेजले विगत १२ वर्षदेखि काम गर्दै आइरहेको र अझै धेरै गर्नुपर्ने कामहरू रहेकाे बताए । साथै छिट्टै नयाँ कोर्षहरू सञ्चालन गर्दै टेक्नोलोजीलाई आफुहरू सँगसँगै अपडेट गराई अगाडि बढ्न आवश्यक रहेको उनले जानकारी दिए ।

'डाटा साइन्समा एमयससी तहकाे र कम्प्युटेसनल इन्टेलिजेन्स सम्बन्धि पठनपाठन सुरु गर्ने तयारीमा छाैँ । सम्भवत छिट्टै सञ्चालनमा आउनेछ,'  उनले भने ।

यस्तै, कार्यक्रमको दोस्रो सेसन 'च्याप्टर द फ्याग' प्रतियाेगितामा १६ वटा टिमहरू सहभागी रहेका थिए । जसमा १२ वटा काठमाडौं भित्रका विभिन्न कलेजहरूका विद्यार्थीहरूको सहभागीता रहेको थियो । साथै पोखराबाट एक वटा टिम र तीन वटा सफ्टवेरिका कलेजका टिमहरू सहभागी भएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए । 

उक्त प्रतिस्पर्धामा सफ्टवेरिका कलेजका टिम 'भगवान' प्रथम भएकाे छ । उनीहरूलाई पुरस्कार राशि वापत २५ हजारसहित प्रमाणपत्र वितरण गरिएको पौडेलले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको