Like us!
Follow us!
Connect us!
Watch us!

‘अर्थतन्त्रमा सुधारको संकेत देखियो , गभर्नरले अनावश्यक रुपमा तर्साएका रहेछन्’

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १५ : ४१ मा प्रकाशित

‘अर्थतन्त्रमा सुधारको संकेत देखियो , गभर्नरले अनावश्यक रुपमा तर्साएका रहेछन्’

पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपालको अर्थतन्त्र सुध्रिन आवश्यक पृष्ठभुमि बन्दै गएको बताएका छन्। रेमिट्यान्स बढ्दै जानु, अन्तराष्ट्रिय व्यापार घाटा कम हुँदै जानु, मुद्रास्फीति घट्दै जानु जस्ता कुराहरुले अर्थतन्त्र सुधारिंदै गएको संकेत गरेको र आगामी दिनमा अवस्था सहज हुनसक्ने देखिएको उनले बताए।  

बैंकिंग प्रणालीमा तरलताको अवस्था निकै असहज भएको वर्तमान अवस्थामा समेत बैंकहरुले निक्षेप तर्फको ब्याजदर नबढाएको भन्दै उनले आउने दिनमा तरलताको अवस्था अहिले भन्दा केहि न केहि सहज नै बन्ने देखिएको हुँदा निक्षेपमा बैंक वित्तिय संस्थाहरुले अहिलेको भन्दा बढी ब्याज नदेलान कि भन्ने आफुलाई लागेको पनि उनले बताएका छन।  

त्यस्तै कतिपय सहकारी संस्थाहरुले  निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न नसकेको अवस्थामा सहकारी संस्थाहरुमा जाने डिपोजिट पनि बैंकिंग च्यानलमा आउने सम्भावना देखिएको पनि उनले बताए।  

वैदेशिक मुद्रा संचिति घट्दै गएको र मुलुकको हालत श्रीलंकाको जस्तो हुन सक्ने भनेर विपक्षी पार्टीले अनावश्यक प्रचार प्रसार गरेको रहेछ भन्ने कुरा प्रमाणित भएको पनि उनले बताए। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि विपक्षी पार्टीकै लाइनमै गएर आम जनतालाई त्रसित बनाउने काम गरेका रहेछन भन्ने पनि स्पष्ट भएको पनि उनले बताएका छन्।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको