Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, लाभांश प्रस्तावसहित यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, १० : ३९ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, लाभांश प्रस्तावसहित यस्ता छन् पारित हुने एजेन्डा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो ७ औँ साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको भदौ ९ गते बिहिबार बिहान बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार ७ औ वार्षिक साधारण सभा भदौ ३० गते बिहिबार कार्की व्याङ्केट बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश प्रस्तावसहित सञ्चालककाे नियुक्ति अनुमाेदन गर्ने, खर्च रकम अनुमाेदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै १९ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, भदाै १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको सूचना :

63071e8fa8a11.jpg 63071e9759166.jpg 63071e9f85acb.jpg 63071ea7303d8.jpg 63071eb07bb99.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको