Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको विशेष साधारणसभा आज, यी प्रस्ताव हुँदैछन् पारित

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, ०७ : २३ मा प्रकाशित

शिवम् सिमेन्टको विशेष साधारणसभा आज, यी प्रस्ताव हुँदैछन् पारित

शिवम् सिमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आज भाद्र १० गते, शुक्रबार कम्पनीको कर्पोरेट कार्यलय बबरमहल काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भाद्र २ गते बुकक्लोज गरेको थियो यस अनुसार भाद्र १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको विषेश साधारणसभाका प्रस्तावहरु यस्ता छन्ः 

विशेष प्रस्तावहरूः

(क) प्रबन्ध पत्र तर्फ:

१) कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड (ग) लाई संशोधन गर्ने र खण्ड (घ) संशोधन गरी हटाउने सम्बन्धमा ।

(ख) नियमावली तर्फः

१) कम्पनीको स्वीकृत नियमावलीको नियम नं. २३ गणपुरक संख्या कूल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने ।

२) कम्पनीको नियमावलीको नियम नं. २५ को उप नियम (५) संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने ।

३) स्वीकृत नियमावलीको नियम नं. २७ को उप नियम (२) मा संचालक संख्या स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक सहित ७ सात जनाको हुने छ भन्ने व्यवस्थालाई संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना र शेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जना सहित ६ जनाको संचालक समिति हुनेछ भन्ने व्यवस्था कायम गर्ने ।

४) नियमावलीको नियम नं. २९ संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना संचालक समितिले नियुक्त गर्नेछ भन्ने व्यवस्था संशोधनद्वारा कायम गर्ने ।

५) नियमावलीको नियम नं. ३१ मा संशोधन गरी संचालकहरुको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा कम्पनी ऐन बमोजिमको प्रक्रिया पुरा गरी गरिनेछ भन्ने व्यवस्था कायम गर्ने ।

(ग) विविध ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको