Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिए

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १४ : २५ मा प्रकाशित

युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिए

मस्को–रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए । 

विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।

युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको