Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १४ : ३१ मा प्रकाशित

पिपुल्स पावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

पिपुल्स पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि भदाै ५ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे कार्यालयमा सम्पन्न भएकाे हाे । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म १५ लाख ५१ हजार ४ सय १३ जना आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै याेग्य भएकाे थियाे । बाँकी ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको थियाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख २९ हजार ४ सय ६८ जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् । 

कसरी हेर्ने नतिजा ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे वेभसाइट, पिपुल्स पावर कम्पनी लिमिटेडकाे वेभसाइट र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको