Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद निष्कासन गर्न नारायणी डेभलपमेन्ट बैंकले दियाे सेबाेनमा निवेदन

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १६ : ४२ मा प्रकाशित

शतप्रतिशत हकप्रद निष्कासन गर्न नारायणी डेभलपमेन्ट बैंकले दियाे सेबाेनमा निवेदन

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । 

बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदाै ९ गते, बिहीबार सेबाेनमा निवेदन दिएकाे हाे । 

बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।

630b4aebd9e35.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको