Like us!
Follow us!
Connect us!
Watch us!

दिवेश पोखरेलले गरे द क्लिफमा बन्जी जम्प

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १६ : ४१ मा प्रकाशित

दिवेश पोखरेलले गरे द क्लिफमा बन्जी जम्प

अमेरिकाको गायन रियालिटी शो 'अमेरिकन आइडल' का फस्ट रनर अप दिवेश पोखरेल (अर्थर गन) कुश्मा पुगेर द क्लिफमा बन्जी गरेका छन् ।

साङ्गितीक कार्यक्रमका शिलशिलामा नेपाल आइपुगेका दिवेशले पोखराको कार्यक्रम सकेर आइतबार बन्जी गर्न गएका हुन् । 'नेपालमै रहेको बिश्वकै दोश्रो अग्लो बन्जीमा जम्प गर्न पाउँदा एकदमै खुशी छु' दिवेश थप्छन् 'सुरुमा डर लाग्ने भए पनि जम्प पछाडिको खुशी अद्भुत हुने रहेछ ।'

विश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको स्काइ साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, हाइ रोप स्टेसन, स्काइ ग्लाइडिङ  पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्दै लगिएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको