Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरको सेवा विस्तारमा कानुन बाधक, यस्तै अवस्था रहे व्यवसायबाट पलायन हुने अवस्था आउनसक्छ

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १८ : २३ मा प्रकाशित

ब्रोकरको सेवा विस्तारमा कानुन बाधक, यस्तै अवस्था रहे व्यवसायबाट पलायन हुने अवस्था आउनसक्छ

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकेरको सेवा विस्तारमा नेपालको कानुन नै बाधक भएको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज(सेजन) द्वारा आयोजित नेपालको पुँजी बजारको विकासमा आवश्यक नीतिका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

' अहिले हाम्रोमा ब्रोकर सेवा विस्तारमा ब्रोकर कम्पनी भन्दापनि कानुन नैं बाधक छ, हामीले २०७५ सालमा नै ३०० शाखा विस्तारको अनुमति मागेका थियौ अहिले सम्म पनि त्यो अनुमति पाएका छैन अनि हामी कसरी ब्रोकर सेवा विस्तारका बाधक भयौ ' उनले भने ' यदि यस्तै अवस्था रहयो भने ब्रोकेरहरु नै यो व्यवसायबाट पलायन हुने अवस्था आउन सक्छ हामी सकेसम्म देशको हरेक कुनामा पुग्न तयार छौं तर नियामक ले अनुमति दिन पर्यो '।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको