Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले बुझाए नेप्सेलाई ध्यानाकर्षण पत्र, सरकारलाई बिहिबारसम्मको अल्टिमेटम !

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, १३ : ४४ मा प्रकाशित

सेयर लगानीकर्ता एकता समितिले (आज) मंगलबार नेप्सेको सीईओ  कृष्णबहादुर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिहिबार सम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भइ कार्यान्यनमा नआए अहिलेको पार्टी र मन्त्रीहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी लगानीकर्ताले दिएका छन्। 

धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाइसेन्स सम्बन्धि नीतिगत प्रस्ताव मन्त्रिपरिषदमा गएर रोकिएर सरकारका केहि मन्त्रीहरुको तर्फबाट तेस्लाई असफल  पार्ने भूमिका खेलिएको भन्ने आरोप सहित आक्रोशित सेयर लगानीकर्ता एकता समिति नेप्से पुगेका हुन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदालाई पारित हुन नदिन गृहमन्त्री बालकृष्ण खाँडले चलखेल गरेको समाचार अर्थसंसारले सोमबार प्रकाशित गरेको थियो । 

लगानीकर्ताहरुको नेपाल स्टक एक्सचेन्जका प्रबन्धक निरन्जन फुयालले नेप्से विगत देखि नै ब्रोकर संख्या थप गर्ने पक्षमा रहेको बताए । ‘हामिले बिगतमा नै अब ब्रोकर संख्या थप्नुपर्छ भन्ने प्रस्ताव बितोपत्र बोर्डमा पठाएका थियो अब देश नै संघिय संरचनामा गएको अवस्थामा ब्रोकरलाई पनि त्यहि स्वरुपमा लाग्नु पर्ने सुझाव हामिले दिएका थियौ’ उनले भने ‘अब नयाँ स्टक एक्सचेन्ज थप्ने भन्दा पनि नेप्सेलाई नै पुर्नसंरचना गर्नुपर्ने आवश्यकता देखिन्छ अब नप्सेलाई निजिकरण गर्नुपर्ने जरुरी छ ।’ 

630dc3818f273.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको