Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५० लाख कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, १० : ५० मा प्रकाशित

नेप्सेमा ५० लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे ५० लाख कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि असार २४ गतेसम्म ५ वर्ष अवधिकाे "१०.२५% सानिमा डिबेञ्चर, २०८९" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । निष्कासन गरिएकाे कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गरिएकाे थियाे । 

साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

630eed41aa652.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको