नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले अहिले आँफुले निर्वाचन लड्ने बारे कुनै सोच नबनाएको बताएका छन् । केहि दिन देखि कुलमानले काठमांडौबाट प्रतिनिधीसभाको निर्वाचन लड्न सक्ने चर्चा सामाजिक सञ्जालहरुमा छाइरहेको छ ।
‘हल्ला त विभिन्न किसिमका चलिनै रहन्छन् तर अहिले सम्म मैले कुनै पनि निर्वाचन लड्ने सोच बनाएको छैन’ कुलमानले भने ।
नेकपा माओवादीका कार्यकर्ताहरुले अध्यक्ष प्रचण्डलाई कुलमानलाई काठमांडौबाट प्रतिनिधीसभाको उमेदवार बनाउन सुझाव दिएको समाचार बाहिरिय पछि यस बिषयले सामाजिक सञ्जाल समेत तातिएको थियो । काठमांडौमा माओवादी पार्टीको माहोल बिग्रियको भन्दै केहि नेताहरुको समूहले कुलमानलाई उमेदवार बनाउन प्रचण्डलाई आग्रह गरेको थियो ।
सोमबार माओवादी अध्यक्ष प्रचण्डले पार्टीको एक कार्यक्रममा निर्वाचन भनेको ुसेन्टिमेन्टु पनि हो भन्दै काठमाडौंमा बालेन शाहले ल्याएकोभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको बताएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस