नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्र नाम आएको हो ।
आज बसेको क्षेत्रिय समिती बैठकले प्रतिनिधीसभा तर्फको निर्वाचनका लागि शर्माको मात्र ना केन्द्रिय समितीलाई सिफारिस गरेको हो ।
शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए। २०७४ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी भएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस