Like us!
Follow us!
Connect us!
Watch us!

डोल्टी पावरले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, १३ : ३३ मा प्रकाशित

डोल्टी पावरले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

डोल्टी पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता साधारण सेयर निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशनका लागि भदौ १२ गते बिद्युत नियमन आयोगबाट अनुमति पाएको थियो । 

डोल्टी पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटल लिमिटेडले गर्ने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको