Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, ०६ : ५५ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको भदौ ९ गते बिहिबार बिहान बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार ७ औ वार्षिक साधारण सभा भदौ ३० गते बिहिबार कार्की व्याङ्केट बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश प्रस्तावसहित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, खर्च रकम अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको