Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, ११ : ३८ मा प्रकाशित

श्रृजनशील लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

सीडीएसका अनुसार संस्थाले निष्कासन गरेकाे आईपीओमा आज बिहान १० बजेसम्ममा १२ लाख ९ हजार ३ सय ७ जना लगानीकर्ताहरूले १ अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ४९ हजार ८ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।

संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले भदाै १९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको