Like us!
Follow us!
Connect us!
Watch us!

‘लाइसेन्सराजका कारण अर्थतन्त्रमा विकृति बढ्यो, बैंकको लाइसेन्स पनि खुला हुनुपर्छ’

पत्रपत्रिका

आइतबार, १९ भदौ २०७९, ०७ : २८ मा प्रकाशित

‘लाइसेन्सराजका कारण अर्थतन्त्रमा विकृति बढ्यो, बैंकको लाइसेन्स पनि खुला हुनुपर्छ’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले लाइसेन्सराजका कारण अर्थतन्त्रमा विकृति बढेको बताएका छन् । लाइसेन्स दिँदा पैसा खाने प्रचलन बढेको भन्दै उनले लाइसेन्सराजको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औ वार्षिक साधारणसभामा बोल्दै शनिबार उनले लाइसेन्स दिँदा विभिन्न खाले हल्ला हुने तथा लाइसेन्सले हरेक क्षेत्रमा एकाधिकार जन्माएको पनि बताए । “कुनै क्षेत्रमा पनि एकाधिकार हुनु हुँदैन,” उनले भने, “त्यसैले बैंकको लाइसेन्स पनि खुला हुनुपर्छ ।”

हरेक क्षेत्रमा सिन्डिकेटको अवस्था रहेको भन्दै उनले बिमा, बैंंकिङ लगायतका क्षेत्रमा पनि त्यसको प्रभाव रहेको बताए । हाल बै ंकलगायत हरेक क्षेत्रमा नयाँ खोल्ने र पुराना बन्द गर्ने सहज अवस्था नरहेको
भन्दै उनले लाइसेन्सराजले सिन्डिकेट गर्न सहज बनाएको दाबी गरे ।

छिल्ला वर्षका सरकारले उदारीकरणको मर्मविपरीत लाइसेन्स बाँड्ने प्रचलन चलाएका कारण सिन्डिकेट बढेकोतर्फ पौडेलको इशारा थियो । बिमा तथा बैंंकिङ क्षेत्रमा लाइसेन्स बाँड्ने नाममा शुभलाभका काम हुने तथा राजनीतिक दल तथा सरकारलाई चुनाव खर्च निकाल्न सहज हुने भएका कारण नेपाल २०४६ सालपूर्वको लाइसेन्सराजमा नै फर्किएको अर्थविद्हरुले बताउँदै आएका छन् । त्यसैक्रममा लाइसेन्स प्रथा खारेज गरेर उदारीकरणकै बाटोमा हिँड्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो । उनले मञ्चमा रहेका केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सम्बोधन गर्दै बैंक तथा वित्तीय संस्थाको लाइसेन्स पनि खोलिदिन आग्रह गरे । 

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको