Like us!
Follow us!
Connect us!
Watch us!

चाडपर्वको उपलक्ष्यमा एनआईसी एशिया बैंकको निःशुल्क रेमिटेन्स पठाउने योजना

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, १४ : ०२ मा प्रकाशित

चाडपर्वको उपलक्ष्यमा एनआईसी एशिया बैंकको निःशुल्क रेमिटेन्स पठाउने योजना

एनआईसी एशिया बैंक लिमिटेडले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले भाद्र १५ देखि कार्तिक १५ सम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकहरूले NIC ASIA MoBank प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । Self Help बैंकिङ्गको अवधारणा अनुरुप NIC ASIA MoBank मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो NIC ASIA MoBank बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नुहुनेछ । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको NIC ASIA MoBank भित्र रहेको iRemit आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको