Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली ब्राेकरले अवलाेकन गरे बम्बई स्टक एक्सचेञ्ज

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १६ : १० मा प्रकाशित

नेपाली ब्राेकरले अवलाेकन गरे बम्बई स्टक एक्सचेञ्ज

नेपालका धिताेपत्र व्यवसायी (ब्राेकर) हरू यतिबेला भारत पुगेका छन् । स्टक ब्राेकर एशाेसिएसनका अध्यक्ष सन्ताेष मैनालीसहित ब्राेकर कम्पनीका सञ्चालकहरूकाे टाेली एक साता बढीका लागि तालिम एवमं त्यहाँकाे स्टक एक्सचेञ्ज अवलाेकन गर्न भारत पुगेका हुन् ।

भारत पुगेका ब्रोकरको टोलीले बम्बई स्टक एक्सचेञ्ज अवलोकन गरेका छन् । त्यहाँ उनीहरूले उक्त स्टक एक्सचेञ्जकाे काराेबार प्रणाली र प्रकृयाबारे बुझ्ने माैका पाएका छन् ।

बम्बई स्टक एक्सचेञ्ज अवलोकन गर्दा आफूहरूले  बम्बई स्टक एक्सचेञ्ज कसरी सञ्चालन भयो, त्यहाँबाट कसरी कारोबार हुन्छ लगायतका कुराहरू बुझ्ने अवसर प्राप्त भएको एक ब्रोकरले अर्थ संसारलाई बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको