Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटलको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, १२ : ४२ मा प्रकाशित

कुमारी क्यापिटलको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

कुमारी क्यापिटल लिमिटेडको चौँथाे वार्षिक साधारण सभा हिजाे भदाै २० गते, साेमबार सम्पन्न भएकाे छ । 

कम्पनिको सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भयो ।

उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचीहरु पारीत भएकाे छ ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २ करोड रूपैयाँ बराबरकाे नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले कम्पनीले आगामी दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजि बजारको विकासमा उल्लेखनिय योगदान पुर्याउने विश्वास दिलाउँदै शेयरधनी कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको