Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियाे ५० लाख कित्ता ऋणपत्र

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, १३ : ५५ मा प्रकाशित

नेप्सेमा थपियाे ५० लाख कित्ता ऋणपत्र

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राइम कमर्सियल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे ५० लाख कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि असार १४ गतेसम्म ५ वर्ष अवधिकाे "५ वर्ष, १०.१५% प्राइम डिबेञ्चर, २०८४" काे नाममा   प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।

साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

6317016d42062.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको