Like us!
Follow us!
Connect us!
Watch us!

४५ वर्ष सजाय सुनाइएकी साउदी महिलाले राजाविरुद्ध के सामग्री पोस्ट गरेकी थिइन ?

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, ०८ : ५२ मा प्रकाशित

४५ वर्ष सजाय सुनाइएकी साउदी महिलाले राजाविरुद्ध के सामग्री पोस्ट गरेकी थिइन ?

साउदीेमा  एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन् । मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको सामग्री र उनीमाथि लगाइएको आरोपबारे खुलासा गरेको छ ।  

महिलालाई राजा सलमान र युवराज मोहम्मद बिन सलमानको धर्म र न्यायलाई चुनौती दिन ट्विटर प्रयोग गरेको अभियोग लगाइएको छ ।

पाँच सन्तानकी आमा नुराह अल–काहतानीलाई साउदी अधिकारीहरूले दुरासयपूर्ण सामग्री   पोस्ट गरेकोमा गत हप्ता जेल सजाय सुनाइएको थियो । उक्त सजायले पश्चिम देशले निन्दा गरेको थियो । 
अल काहतानीले अधिकारीहरूको अपमान गर्न र सुरक्षा मुद्दामा विचाराधीन बन्दीहरूलाई रिहाइका लागि ट्वीटर प्रयोग गरेको आरोप लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको