Like us!
Follow us!
Connect us!
Watch us!

डेङ्गु रोग पीडितलाई हेल्थ एट होमकाे नि:शुल्क स्वास्थ्य परामर्श सेवा

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १५ : ५५ मा प्रकाशित

डेङ्गु रोग पीडितलाई हेल्थ एट होमकाे नि:शुल्क स्वास्थ्य परामर्श सेवा

घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले पाटन जेसिससँगको सहकार्यमा डेङ्गु रोग पीडितलाई नि:शुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

पछिल्ला दिनमा राजधानी लगायत देशभर डेङ्गु संक्रमित तिब्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तोे सेवाको सुरुवात गरेको हो । कम्पनीले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निशुल्क परामर्श सेवाको सुरुवात गरेको हो ।

साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत नि:शुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने  घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको