Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार देशको हरेक कुना कुनामा रहेका लगानीकर्ताकाे पहुँचमा पुग्नुपर्छ : राधा पाेखरेल

राधा पोखरेल

विहीबार, २३ भदौ २०७९, १५ : १९ मा प्रकाशित

पूँजी बजार देशको हरेक कुना कुनामा रहेका लगानीकर्ताकाे पहुँचमा पुग्नुपर्छ  : राधा पाेखरेल

 नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले पूँजी बजार राजधानीकाे खाल्टोमा मात्रै सिमित नभई देशको हरेक कुना कुनामा रहेका लगानीकर्ताहरूको पहुँचमा पुग्नु जरुरी रहेकाे बताएकी छिन् ।

मन्त्रिपरिषद् बैठकले ब्रोकर लाइसेन्स सम्बन्धी मस्याैदा  संशोधन गर्दै नयाँ ब्रोकर लाइसेन्सकाे बाटाे खुल्ला गरेकाेमा सामाजिक सञ्जाल मार्फत् आभार प्रकट गरेकी छिन् ।

उनकाे पाेष्ट जस्ताकाे तस्तै :

नेपाल धितोपत्र बोर्डले (लाइसेन्स) लाई खुला रुपमा वितरण गर्ने व्यवस्था प्रस्ताव गरेको नियमावलीमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा संशोधन गर्दै नयाँ ब्रोकर लाइसेन्सका बाटो खुल्ला गरेको छ ।

नेपाल सरकारले २०७५/८/२० मा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरि “पुँजी बजार र मुद्रा बजारको समस्याहरु” राष्ट्र बैंकका डेपुटी गभर्नर श्रि शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कमिटीमा “ स्वयम् म पनि सदस्य रहेको थिएँ । वित्तिय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरि बजारका समस्याहरुमा ५८ वटा बुद्धा सहित वैंकलाई ब्रोकर सुझाव पेश गरिएको थियो । र, जस्मा अल्पकालिक, मध्यकालीन, र दिर्घकालिन भनेर बर्गिकरण गरिएको थियो ।

त्यहि अनुरुपको कार्यको लागि संघले बिगत ४/५ बर्ष देखि निति बनाउँने देखि कार्यान्वयन तहको लागि पहल गर्दै पछिल्लो समय प्रधानमंत्री ज्यू सामुन्ने पनि छलफल गरिएको थियो ।

पुँजीबजार राजधानी खाल्टो र देशका प्रमुख शहरहरुमा मात्र सिमित नभई देशको हरेक कुना कुनामा रहेका लगानीकर्ताको पहुँचमा पुग्नु जरुरी छ। जवसम्म जग बलियो हुँदैन तबसम्म घर बलियो हुँदैन यसर्थ नेपाल सरकारले गरेको यो व्यवस्थाहरुले लगानीकर्ताहरुको चर्राईं रहेको घाउँमा मल्हमपट्टी लाग्ने आशा राख्दै, बामे सर्दै गरेको पुँजीबजामा कोसेढुंगा सावित हुनेछ ।

धितोपत्र बोर्डको यो कार्य स्वागत योग्य छ । पछिल्लो नेपाल सरकारको निर्णयले धितोपत्र बजारमा बिधमान रहेको सिन्डिकेट तोडिने र बजारको यथोचित बृद्दी बिकाश हुनेमा हामी आम लगानीकर्तामा हर्षोल्लाष छाएको छ । यस कार्यको लागी नेपाल सरकार र बोर्ड अध्यक्ष रमेश हमाल ज्यू लगाएत बोर्ड परिवारलाई विशेष धन्यवाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको