Like us!
Follow us!
Connect us!
Watch us!

आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेको रिसमा सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, २१ : २६ मा प्रकाशित

आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेको रिसमा सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

चलचित्र संघले सोमबार एक दिन देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष प्रदीपकुमार उदयले सरकारले आफ्ना माग पूरा नगरेको र नेपाली चलचित्रसँग सरोकारवालाहरूले आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

हिन्दी फिल्म ब्रह्मास्त्र सेन्सर पास नभएकाले सिंगल र मल्टिप्लेक्स हलहरूले शुक्रबार रिलिज हुने ऐना झ्यालको पुतली र द गोर्खा ब्रेभरी चलचित्रका लागि शो उपलब्ध गराएका छैनन् । सिनेमा हलहरूले बिहीबार दिउँसोसम्म पनि शो उपलब्ध नगराएपछि निर्माता संघ र निर्देशक समाजले विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए ।

दुवै संघसंस्थाले नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही र उपेक्षित गर्न खोजिएको भन्दै चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएपछि चलचित्र संघले असन्तुष्टि जनाउँदै सोमबार सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । यो घटनाले फेरि एकपटक चलचित्र निर्माता र हल मालिकबीच द्वन्द्व बढेको छ । 

631a0d4ca4148.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको