Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : एमाले उपमहासचिव गुरुङ

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, ०७ : ३० मा प्रकाशित

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : एमाले उपमहासचिव गुरुङ

गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने  बताएका छन् । 

शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७ मा निर्मित भवनको शनिवार उद्घाटन गर्दै गुरुङले सो कुरा बताएका हुन् । उपमहासचिव गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताए । अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गरे । 

संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन , उनले भने। संघीयताका कारण गाउँगाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए । नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको