Like us!
Follow us!
Connect us!
Watch us!

भारतिय सेयर बजारः ६ महिनामा ९ गुणाले बढ्यो भिमा सिमेन्ट्सको मूल्य, ईपिएस १३ रुपैयाँ ऋणात्मक

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, ०९ : ४९ मा प्रकाशित

भारतिय सेयर बजारः ६ महिनामा ९ गुणाले बढ्यो भिमा सिमेन्ट्सको मूल्य, ईपिएस १३ रुपैयाँ ऋणात्मक

भारतको सेयर बजार बम्बई स्टक एक्सचेन्जमा सुचिकृत भिमा सिमेन्ट्सको सेयर मूल्य ६ महिनामा ९ गुणा भन्दा बढिले बृद्धि भएको छ । आधारभुत रुपमा निकै नै कमजोर रहेको कम्पनीको सेयर मूल्य भने विगत ६ महनिादेखि निरन्तर उकालो लागिरहेको छ । 

६ महिना अघि १६ फेब्रुअरी २०२२ मा प्रतिकित्ता १४ रुपैयाँ ३३ पैसामा कारोबार भएको कम्पनीको सेयर मूल्य ५ सेप्टेम्बरसम्ममा १४३ रुपैयाँ ५ पैसा पुगेको हो । फन्डामेन्टल रुपमा हेर्दा एकदमै कमजोर कम्पनीको सेयर मूल्य भने भारितिय बजारमा निरन्तर उकालो लागिरहेको छ । 

५२ हप्ताको सेयर मूल्यलाई हेर्दा उक्त कम्पनीको न्यूनतम १३.६५ देखि अधिकतम १४८.९५ रुपैयाँ प्रतिकित्ता सम्ममा सेयर कारोबार भएको देखिन्छ । आधारभुत रुपमा हेर्दा उक्त कम्पनीको प्रतिसेयर आम्दानी(ईपिएस) नकारात्मक देखिन्छ । 

कम्पनीको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १३.४९ रुपैयाँ ऋणात्मक छ भने पिबी रेसियो भने ३.७७ गुणा रहेको छ । त्यस्तै कम्पनीको रिटर्न अन इक्विटी ३५.७७ ऋणात्मक रहेको छ ।  

यो कम्पनीको सेयरमा ६ महिना अघि १ लाख रुपैयाँ लगानी गर्नेहरुले अहिले ९ लाख रुपैयाँ भन्दा बढि नाफा कमाईसकेका छन् ।  

631d5f40353ea.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको