Like us!
Follow us!
Connect us!
Watch us!

अलटाईम हाई ब्रेकको संघारमा भारतीय सेयर बजार, एक महिनामै ५ हजार अंकले बढ्यो सेन्सेक्स

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, १२ : २० मा प्रकाशित

अलटाईम हाई ब्रेकको संघारमा भारतीय सेयर बजार, एक महिनामै ५ हजार अंकले बढ्यो सेन्सेक्स

भारतीय सेयर परिसूचक सेन्सेक्स अल टाईम हाईको रेकर्ड ब्रेक नजिक पुगेको छ । भारतीय सेयर परिसूचक सेन्सेक्सको अहिले सम्मको सबैभन्दा उच्च बिन्दु ६२ हजार २४५ को रहेको छ । 

आज मंगलबार यो समाचार तयार पार्दा सम्म सेन्सेक्स ४२९ अंकले बढेर ६१ हजार १७६ को बिन्दुमा पुगेको छ । 

करिब १ महिनामा सेन्सेक्समा ५००० अंकको बृद्धि आएको हो । सेप्टेम्बर २२ तारिखमा ५६ हजार १८० को बिन्दुमा रहेको सेन्सेक्स यो अवधिमा बढेर अल टाईम हाई रेकर्ड ब्रेकको नजिक पुगेको हो । 

बजार बढेसंगै बीएसईमा सूचिकृत कम्पनीहरुको कुल बजार पुँजीकरण पनि १ करोड १९ लाख ४० हजार करोड रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको