बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । अफरको नाम "लेभलिंग को सफर दशैँ तिहारमा डबल अफर" रहेकाे छ ।
यस स्किममा घर मै बसेर एस एम एस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाखसम्म छुट पाउन सकिनेछ । यस्तै, शोरुम गएर शोरुमले दिएको कोड मा एस एम एस गरेर फेरी छुट पाउन सकिनेछ । यसमा २ चोटी एस एम एस मार्फत डबल छुट पाउन सकिनेछ । जसमा ७ हजारदेखी ५ लाखसम्म छुट रकम म्यासेजमा आउनेछ र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ ।
यसका साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिनेछ र कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज हुनेछ । यो स्कुटर जर्मन कम्पनीको Bosch को मोटर्स प्रयोग गरिएको स्कुटर हो फुल चार्ज मा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढ्दो छ ।
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस