Like us!
Follow us!
Connect us!
Watch us!

परराष्ट्रमन्त्री डा. खड्का एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, १६ : ३२ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. खड्का एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । 

एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । 

एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । 

एलिजावेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् । 

बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको