Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, ०६ : २५ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको औँ साधारणसभा आज भदौ ३० गते बिहिबार कार्की व्याङ्केट बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश प्रस्तावसहित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, खर्च रकम अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको