Like us!
Follow us!
Connect us!
Watch us!

बैंककाे ब्याजदर बढाउने निर्णयले घट्याे लगानीकर्ताकाे मनाेबल, नेप्सेमा भारी गिरावट

नेप्से

विहीबार, ३० भदौ २०७९, १५ : ०९ मा प्रकाशित

बैंककाे ब्याजदर बढाउने निर्णयले घट्याे लगानीकर्ताकाे मनाेबल, नेप्सेमा भारी गिरावट

हिजाे र अस्ति सकारात्मक माहाेल देखिएकाे सेयर बजारमा आज (बिहीबार) भारी अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा १३ वटै उपसमूह ओरालो लागेका छन् । बैंकहरूकाे ब्याजदर बढाउने निर्णय भएसँगै लगानीकर्ताहरूकाे मनाेबल घटेकाे छ । 

ताेडियाे ब्याजदरकाे भद्र सहमति, बैंकहरूले आफू खुसी निर्णय गर्न सक्ने

विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती अब ताेडिने भएकाे छ । वाणिज्य बैंकहरूकाे छाता संगठन नेपाल बैंकर्स संघकाे बिहीबार बिहान बसेकाे बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेकाे छ । त्यसकाे प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेकाे छ । नेप्से २.८८ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ११.२३ अंकले घटेर ३७४.१३ विन्दुमा झरेको छ । 

कूल २३२ वटा कम्पनीकाे ६९ लाख ४० हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे हाे ।

त्यसैगरी, बिहीबार काराेबार रकममा लक्ष्मी बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे २१ कराेड ५० लाख ३३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज जम्मा ९ वटा कम्पनीकाे मूल्य बढेकाे छ । जसमध्ये, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडबाहेक अरू म्युचुअल फण्ड र डिबेञ्चर रहेकाे छन् । 

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ८ प्रतिशतले घटेर ८ रूपैयाँ २८ पैसामा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको