Like us!
Follow us!
Connect us!
Watch us!

ताेडियाे ब्याजदरकाे भद्र सहमति, बैंकहरूले आफू खुसी निर्णय गर्न सक्ने

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १२ : ४९ मा प्रकाशित

ताेडियाे ब्याजदरकाे भद्र सहमति, बैंकहरूले आफू खुसी निर्णय गर्न सक्ने

विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती अब ताेडिने भएकाे छ । वाणिज्य बैंकहरूकाे छाता संगठन नेपाल बैंकर्स संघकाे बिहीबार बिहान बसेकाे बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेकाे छ ।

यसअघि केही वाणिज्य बैंकहरूले भद्र सहमति तोडेर धेरै ब्याज दिन थालेपछि बैंकर्स संघले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो । जस अनुसार अब बैंकहरुले आफ्नो निक्षेप र कर्जाको अवस्था अनुसार ब्याजदर घटाउन, बढाउन वा स्थिर राख्न पाउने भएका छन् ।

गत फागुन महिनादेखि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिएनन् । बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहेका थिए । राष्ट्र बैंककाे प्रावधान अनुसार बैंकहरूले औषत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउनेछन् । त्यसाे हुँदा असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गर्न पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको