Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सी होटल्सको वित्तिय विवरण परिमार्जन !

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०६ : ४६ मा प्रकाशित

तारागाउँ रिजेन्सी होटल्सको वित्तिय विवरण परिमार्जन !

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले बिहिबार प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणमा भुल सुधार गरेको छ ।

होटलले विहिबार प्रकाशन गरेको वित्तिय विवरणमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको देखाईएको थियो तर आज शुक्रबार अर्को विवरण सार्वजनिक गर्दै होटलले प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९७ पैसा रहेको जनाएको छ । त्यस्तै होटलेको प्रतिसेयर नेटवर्थ पनि १२६.७२ पुगेको छ । 

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा होटलले १८ करोड ८० लाख ८३ हजार रुपैयाँ नाफा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटल ३ करोड ५० लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण घट्दै गएको र पर्यटकको आगमनमा बढेको हुनाले कम्पनी नाफामा बृद्धि भएको हो ।

गत आर्थिक बर्षमा होटलले ७० करोड ५ लाख ३५ हजार रुपैयाँ बिक्रि आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ७१ लाख ६४ हजार रुपैयाँमा सिमित थियो । 

त्यस्तै, १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा भने ४४ करोड १६ लाख ३५ हजार रूपैयाँ कायम रहेको छ । 

होटलले सच्च्यायर  सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको