Like us!
Follow us!
Connect us!
Watch us!

"टेक्निकल चार्ट हेर्न जान्दैमा राम्रो ट्रेड गर्न सकिन्छ भन्ने होईन"

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, १६ : ५८ मा प्रकाशित

सेयर लगानीकर्ता तथा विश्लेषक विक्रम महर्जन सेयर बजारमा सफलता प्राप्त गर्न कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण जानेर मात्र नहुने बताउँछन। कम्पनीको मात्रै विश्लेषण भन्दा पनि राष्ट्रिय/अन्तराष्ट्रिय अर्थतन्त्र, लिक्विडिटिको अवस्था, राजनीतिक/सामाजिक वातावरण जस्ता कुराहरुले धेरै ठूलो प्रभाव पार्ने पनि उनी बताउँछन। 

नेपालको सेयर बजारमा सफल लगानीकर्ता बन्न व्यवहारिक रुपमा सोच्नुपर्ने पनि उनको धारणा रहेको छ। आम लगानीकर्ताहरुको मनोविज्ञानको अध्ययन अर्को महत्वपूर्ण कुरा रहेको उनी बताउँछन्। आफूले पनि सुरु सुरुमा प्राविधिक विश्लेषणलाई धेरै महत्व दिने गरेको तर अहिले भने सेयर बजारमा प्रभाव पार्न सक्ने वाह्य कुराहरुको अध्ययनमा लागेको पनि उनी बताउँछन।

प्राविधिक विश्लेषण, आधारभूत विश्लेषण र अर्थतन्त्र, ब्याजदर, लिक्विडिटि जस्ता कुराहरुको बारेमा राम्ररी अध्ययन गरेर निष्कर्ष निकाल्न सकियो र सोहि अनुसार अघि बढ्न सकियो भने सो कुरा सेयर बजारका लागि निकै फलदायी हुनसक्ने पनि उनी बताउँछन।  

भिडियाे कुराकानी हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको