Like us!
Follow us!
Connect us!
Watch us!

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, ०६ : ३८ मा प्रकाशित

आज  यी प्रदेशमा भारी वर्षाको सम्भावना

बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ ।

दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको