Like us!
Follow us!
Connect us!
Watch us!

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा विशेष छुट

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १७ : १४ मा प्रकाशित

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा विशेष छुट

नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल  सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ। नेपालीहरुको महान चाड दसैं, तिहार तथा  छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।  

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने,“नेपालीहरुको  महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध  गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा  लिएका छौँ ।  

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट 11 सिरिजमा १००० रुपैँया र रेडमी नोट 12 सिरिजमा ३००० सम्म  को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन्। यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७  गते सम्म लागु हुनेछ।

63270235cda97.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको