Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बृद्धिमा जुटे ब्रोकर, सनी सेक्युरिटिजले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, ०८ : ०५ मा प्रकाशित

पूँजी बृद्धिमा जुटे ब्रोकर, सनी सेक्युरिटिजले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

नेपाल धितोपत्र बोर्डले नयाँ नियमावली लागु गरेसंगै ब्रोकरहरुले पनि पूँजी बृद्धिको तयारी थालेका छन् । धितोपत्र दलाल व्यवसायी सनी सनी सेक्युरिटिज(ब्रोकर नम्बर ४२) ले २०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।  

असोज २ गते बसेको सञ्चालक समिती बैठकले कम्पनीको बार्षिक साधारण सभा असोज २३ गते आईतबार कम्पनीको रजिष्टर्ड कार्यलय काठमांडौमा दिउसो ३ बजे बोलाउने निर्णय गरेको छ । सभाले सञ्चालक समिती गठन समेत गर्नेछ । 

त्यस्तै सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब पाारित गर्नुका साथै बोनस सेयर र हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

6327d238230da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको