Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोलाकाे आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

अर्थ संसार

सोमबार, २५ साउन २०७८, १३ : २७ मा प्रकाशित

मैलुङ खोलाकाे आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट हिजाे सम्पन्न भएकाे छ ।

उक्त साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट हिजाे (असार २४ गते, आइतबार) निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालयमा २:३० बजे सम्पन्न भएकाे हाे ।

प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।

उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि गर्न लागिएकाे सिद्धार्थ क्यापिटलकी ममता बानियाँले अर्थ संसार डटकमलाई जानकारी दिएकी छिन् । भाेलि बिहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालयमा बाँडफाँड गरिनेछ ।

अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको