Like us!
Follow us!
Connect us!
Watch us!

चुनावको मुखमा ब्रोकर लाईसेन्स खोल्नु गलतः पुर्वअध्यक्ष ढुंगाना

पत्रपत्रिका

मंगलबार, ०४ असोज २०७९, ०७ : ४७ मा प्रकाशित

चुनावको मुखमा ब्रोकर लाईसेन्स खोल्नु गलतः पुर्वअध्यक्ष ढुंगाना

ब्रोकर लाईसेन्सका साथै अन्य सबै आवेदन एकै पटक चुनावको मुखमा खुलाइनु समय सान्दर्भिक नभएको बताउछन् नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगाना ।

‘नयाँ कम्पनीका लागि चुनाव के बेला आवेदन खुलाउनु उपयुक्त लागेन। यद्यपि आवश्यकता छ। तर, यही समय किन रोजियो भन्ने कौतुहतला हो’ उनले भने, ‘म हुँदा अर्को स्टक एक्सचेञ्जका लागि अध्ययन गर्दा अर्थ मन्त्रालयले तत्काल आवश्यक छैन भनेको थियो। कमोडिटी एक्सचेञ्जका लागि २ वटा कम्पनीलाई दिने भनेको थियो तर ट्रङ्गो लगाउन पाइएन।’

सेवोनले आइतबार सार्वजनिक सूचना जारी गर्दै नयाँ स्टक र कमोडिटी एक्सचेञ्जका लागि ४५ र ब्रोकर कम्पनीका लागि ३० दिनभित्र तोकिएको शर्तसहित निवेदन दिन आह्वान गरेको छ।

बोर्डका प्रवक्ता रुपेश केसी धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको बनाउन नयाँ धितोपत्र बजार सञ्चालनका लागि आवेदन खुलाएको बताए । ‘निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिई धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिस्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकाले नयाँ स्टक ल्याउन लागेको हो,’ प्रवक्ता केसीले भने। अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको