Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्नुस्, बोनस साथै स्मार्टफोन जित्नुहोस्

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, १२ : १४ मा प्रकाशित

खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्नुस्, बोनस साथै स्मार्टफोन जित्नुहोस्

खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु.१०० बोनस अफर ल्याएको छ। साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ।

यो बोनस अफर,राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरि पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ। साथै यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन्। यो अफर असोझ ३१ सम्म लागू हुनेछ। खल्ती मा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी (KYC) प्रमाणित गरेको हुनुपर्नेछ।

यस बाहेक आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। 

अफरको बारेमा 'खल्ती' डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्, “यस अफर मार्फत हामी प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहन्छौं। उपभोक्ताहरूले अब पैसा पुन: लोड गर्ने समस्याको सामना गर्नुपर्दैन। खल्ती क धेरै प्रयोगकर्ताहरुले यो सेवा मन पराउँछन् किनभने यसले उनीहरूलाई एक लिङ्क गरिएको बैंकबाट अर्कोमा सेकेन्डमा पैसा पठाउन सहज गर्दछ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको