Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ समितिले काट्यो नेप्से र सेबोनलाई पत्र, ७ दिनभित्र जवाफ बुझाउन आग्रह

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, १६ : ०१ मा प्रकाशित

अर्थ समितिले काट्यो नेप्से र सेबोनलाई पत्र, ७ दिनभित्र जवाफ बुझाउन आग्रह

अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जकाे नाममा पत्र काटेकाे छ ।

नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले अघि बढाएको कार्यको पूर्ण विवरण पेश गर्न संसद्को अर्थ समितिले निर्देशन दिएको हाे । पत्रको जवाफ सात दिनभित्र दिन समितिले अनुराेध गरेकाे छ ।

अर्थ समितिकाे पत्रमा यस्ताे उल्लेख छ :

"उपरोक्त सम्बन्धमा नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संसोधन गरेको विषयलाई लिएर नेप्से कर्मचारी संघ र Stock Broker's Association of Nepal बाट यस सम्बन्धि कार्य स्थगित गर्न आवश्यक कारवाही अगाडी बढाई पाउँ भनी समितिका माननीय सभापतिज्यू समक्ष निवेदन प्राप्त भएको छ ।

यस सम्बन्धमा मा. सभापतिज्यूबाट नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान संचालन कसरी गर्ने भन्ने दिर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडी मुद्रा बजार र पुँजी बजार सम्बन्धि समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यन्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भिर रुपमा छलफल गर्नु पर्ने देखिएको र तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्नसाथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकाले यस सम्बन्धमा भएका कामकारवाही सम्बन्धि विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको काम कारवाहीमा सहयोग पुर्याउनु हुन निर्देशानुसार अनुरोध छ । साथै प्राप्त निवेदनका प्रति समेत यसै साथ संलग्न गरिएको व्यहोरा समेत अनुरोध छ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको